१. चुनावी माहाेल चलिरहेकाे समयमा तपाईं कसकाे पक्षमा उभिनुभएकाे छ ?
-१, जीवनको उर्जाशिल समय दिएर संस्था अनवरत लाग्नुभएको चिरपरिचित यूवा ब्यावसायि श्री राजेन्द्र भट्टाराईको प्यानलको तर्फको म सचिवको उमेदबार छु। चुनाबमा जानु भनेको प्रजातान्त्रिक अभ्यास हो साथै संस्थामा जुझारु युवाहरु बिच हुने प्रतिस्पर्धा हो सत्य हार र जितको बिन्दु छ। साथिहरु मिलेर गय संस्कार र समर्पण देखिन्थ्यो।
२. तपाईं उम्मेदवार हुनुहुन्छ भने के धारणाा अघि सार्नुभएकाे छ ?
– म संस्थाको मुलधार समातेर हिड्दैछु। अग्रजहरुको अनुभव र समर्पणको सम्मान गरेर नयाँ पिँढीको प्रतिनिधित्व गर्दै विगतमा गरको उचित योजनालाई पनि समेटेर नयाँ समितिले बृहत छलफल र सहकार्यमा संस्थालाइ सवलिकरण गर्ने छ। सदस्यहरुको सुझाव र सकारात्मक अलोचनाका लागि आगामि कार्यक्रममा समावेश गर्ने छौं।
३. मागहरू के छ ?
– ३ परिवर्तन र परिक्षण हुँदै प्रगतिशिल गति लिन्छ। सदस्यहरु र सरकारको निकायहरूसँग समन्वय गरेर उचित र उन्नत कामहरु आवश्यकता अनुसार गर्ने हो। मागहरु त आदरणिय सदस्यहरुको हामि समेट्ने अथक प्रयास गर्ने छौं र सकेको माग गर्नेमा कुनै प्यानलको दुइ मत छैन। सबै भन्दा पहिले संस्था आर्थिकरुपमा सवल र शुरक्षित हुन पर्छ। हामि लयमा छौ
४. भाेलि अधिवेशन हुदैछ ।के छ अवस्था ?
– ४ भोलिको अधिवेशनका लागि सबै तयारी भएको छ। अध्यक्ष ज्यू , पदाधिकार,कार्यसमिति र उपसमिति सदस्यहरु साथै कार्यालय सचिव नारायण सुवेदी लाग्नु भएको छ। सभ्य र भव्य हुन्छ।
५.तपाईकाे पक्षले जित्यो भने के कसरी अघि बढाउनुहुन्छ ? भविष्यमा ?
-५, राजेन्द्र जी बलियो उमेदवार हो जित सुनिसचित छ। हामि सबै अब्वल र अनुभवि उमेदवार छौं। हामि सबैले अटोमोवाइल्स क्षेत्रको समस्या र चुनौतिलाई नजिकबाट नियालेका छौ. जित पछि भएको झिनामसिना असझदारीलाई छलफल र सहकार्यमा सुल्झाउँछौ। सबैको अस्तित्व स्विकार गर्दै जितको नतिजासँगै हामी सबै उपविजेता र सदस्यहरु विच हातेमालो गर्छौं।