युवा व्यवसायी, राजेन्द्र भट्टराई – प्रथम उपाध्यक्ष, चितवन अटाेमाेबाइल्स एसाेसियसन ।
कार्तिक २२ गते, चितवन अटाेमाेबाईल्स एसोसिएसनकाेे चुनाव हुन गइरहेकाे छ ।
“एक अर्काप्रति भरोसा, सम्मान र साथ यही हो हाम्रो शक्ति, हाम्रो परिचय अनि प्रतिबद्दता” भन्ने मुल नाराका साथ अघि बढेको यो टिमले यससँग सम्बन्धित र यसैकाे प्रचारप्रसारमा व्यस्त भइरहेका छन् ।
अहिले चितवनमा चुनावी माहाेल एकदम गतिशील रूपमा अगाडि बढिरहेकाे अवस्था छ ।
उहाँ विगत दुई दशकदेखि देश विकासका लागि सहयाेग अटाे गर्ने उद्देश्यले अटाे व्यवसायमा अाबद्ध हुनुहुन्छ ।
राजेन्द्र भट्टराई, चितवन अटाेमाेबाइल्स एसाेसियनमा सदस्य, महासचिव, सचिव हुँदै पछिल्लाे समयमा प्रथम उपाध्यक्षसम्म पुग्न सफल हुनुभएकाे हाे ।
अटाे क्षेत्रकाे विकासका लागि धेरै सहयाेग पनि गरिराख्नुभएकाे छ ।
उहाँले एसाेसियसनकाे सुधारका लागि पनि धेरै नै मेहनत गरिराख्नुभएकाे छ ।
१ .पहिला र अहिलेकाे अवस्था कस्ताे छ ?
विगतमा देश विकास गर्ने उद्देश्य राखेर अघि बढेकाे समय थियाे । तर वर्तमान परिवेशलाई हेर्ने हाे भने एकदम नाजुक भएकाे देखिन्छ, अहिले याे क्षेत्रमा टिक्न पनि गाह्राे भइरहेकाे छ।
२. अटाे व्यवसायमा युवाकाे संलग्नता कति पाउनुभएकाे छ ?
विगतमा युवाहरूकाे संलग्नता अटाे क्षेत्रमा उच्च भेटिन्थ्याे । उनीहरूले याे व्यवसायलाई सुधार गर्न निकै नै सहयाेग गरेर अगाडि बढाएका थिए । तर अहिले वर्तमान समयमा युवाहरू पाउन निकै कठिन भइरहेकाे छ ।
३. युवालाई अटाे व्यवसाय कस्ताे छ ?
अटाे व्यवसाय देशकाे देशकाे मेरूदण्ड हाे। तर युवाहरूकाे काँधमा ऋणदेखि थुप्रै जिम्मेवारीले अहिले निरूसाहित हुँदै गएका छन् । याे क्षेत्रमा युवा घटिरहेकाे छ । युवाहरू विदेश पलायन भइरहेका छन् । उनीहरू विदेशमा नै खुसि भेटिन्छ जस्ताे धारणा राखेर विदेश जान नै हतारिराखेका हुन्छन् ।
४. याे क्षेत्रलाई राज्यले के कसरी हेरेकाे छ ?
अहिले पछिल्लाे समय स्थानीय देखि केन्द्रीय सरकारसम्मले जति हेर्नुपर्ने हाे नहेरेकाे भेटिएकाे छ । अहिले याे व्यवसायलाई सरकारले सुरक्षित स्थानमा नराखिएकाे छ । राज्यले अन्य क्षेत्रलाई जस्ताे यस क्षेत्रलाई पनि महत्त्व दिन सकेका छैन्न ।
५. अार्थिक अवस्था कस्ताे छ ?
विगतकाे समयमा केही न केही रूपमा याे व्यवसायबाट अाउने नाफालाई जाेगाउन सकिन्छ । तर पछिल्लाे समयमा केही वर्षदेखि अाफ्नाे परिवारकाे पेट पाल्न पनि कठिन हुन थालेकाे छ ।
व्यवसायमा संलग्न कर्मचारीहरूलाई तलब दिन नसकिरहेकाे अवस्थामा पुगेकाे छ । अाफ्नाे परिवार पाल्न पनि धाै – धाै भइरहेकाे छ ।
६. वर्तमान अवस्थामा यस क्षेत्रकाे समस्या के के छ ?
व्यवसायकाे समस्या धेरै छ । सबैभन्दा ठुलाे समस्या कर रहेकाे छ । हाेडिङ बाेर्डकाे करदेखि लिएर विभिन्न विषयमा स्थानीय सरकारले कर लिएर पिडामा पारिराखेकाे छ ।
बढिभन्दा बढि व्यवसायकाे बाँकी रहेकाे रकम नउठेर समस्यामा भइरहेकाे छ। सरकारले केबल यश क्षेत्रमा कर नै करमा लिइराखेर सुरक्षित बनाउन नसकेकाे अवस्था छ ।
७. युवाहरूलाई सल्लाह सुझाव के के दिनुहुन्छ ?
युवाहरूले अाफ्नाे देशमा नै केही गर्ने साेच राखेर अघि बढ्ने प्रयास गर्नुपर्छ । अध्याराेपछि उज्यालो अाउँछ भने झै मेहनत गरेर अघि बढे अवश्य पनि राम्राे हन्छ । विदेश पलायन मात्र समस्याकाे समाधान हाेइन ।