Skip to content
आयन र एक्स्पेङका आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
यो केन्द्र पुरानो शोरुमको नजिकै रहेको छ र यहाँ ग्राहकले दुवै ब्रान्डका ईभीहरू नजिकबाट हेर्न, बुझ्न र अनुभव गर्न सक्नेछन्।
हाल सेन्टरमा आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ मोडेल प्रदर्शनमा छन्। आयन वाइ र भी लक्जरी मोडेलको मूल्य क्रमशः ५८.५० लाख र ६९.९९ लाख भारु छ।
आयन भीमा ७५.३ किलोवाट आवर ब्याट्री, ६५० किमि रेन्ज, ८-प्वाइन्ट मसाज सिट र मिनी फ्रिज जस्ता सुविधा छन्।
आयन वाइले १०० किलोवाट मोटर र ५०० किमि रेन्ज प्रदान गर्छ।
एक्स्पेङ जी६ प्रिमियम एसयूभी हो, जसको मूल्य ८४.९९ लाख भारु रहेको छ।
यसमा ४४० एनएम टर्क, अटो पायलट, ५-स्टार सेफ्टी रेटिङ, र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम छन्।
सेन्टरमा ग्राहकले टेस्ट ड्राइभ, तत्काल बुकिङ र डेलिभरी सुविधा पाउनेछन्।
साथै विशेष अफर, उपहार र ईभी विज्ञबाट व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछ।
सीजी मोटर्सले यो सेन्टरमार्फत ग्राहकलाई अत्याधुनिक र भविष्यमुखी ईभी अनुभव दिलाउने उद्देश्य राखेको जनाएको छ।
Post Views: 17