Skip to content
कञ्चनपुरका दुई पक्की पुल—ओदाल खोला र मुसेपानी खोलाको पुल—अन्तिम निर्माण चरणमा पुगेका छन्।
लामो ढिलाइपछि अहिले तीव्र गतिमा काम भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
ओदाल खोलाको पुल कृष्णपुर–१ बंक–बुडर–नायल सडकखण्डमा पर्दछ भने मुसेपानी खोलाको पुलले बेदकोट–६ र ७ जोड्नेछ।
ओदाल खोलाको पुल ४० मिटर लम्बाइको र मुसेपानी खोलाको पुल १६० मिटर लम्बाइको छ, दुवै आधुनिक प्री-स्ट्रेस्ड प्रविधिमा निर्माण भइरहेका छन्।
ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत र मुसेपानी खोलाको ९५ प्रतिशत पुगेको छ।
पहुँच मार्ग र अन्तिम फिनिसिङ कार्य मात्रै बाँकी छ।
ठेकेदार ढिलाइका कारण समय तोकिएभन्दा ढिलो भए पनि अहिले दुवै पुल चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
पुल निर्माणमा ढिलाइ हुँदा बर्खामा स्थानीयलाई खोला तर्न कठिनाइ हुने, बिरामीलाई बोकेर पार गर्नुपर्ने अवस्था रहँदै आएको थियो।
स्थायी पुल बनेपछि यातायात, व्यापार र कृषि ढुवानी सहज हुने र स्थानीय बासिन्दाको लामो प्रतीक्षा समाप्त हुने आशा गरिएको छ।
Post Views: 16