उपत्यकामा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने नौ चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये स्कुल बस, सार्वजनिक र भाडाका सवारी चालकहरू पनि छन्।
बुधबार दिउँसो गरिएको चेकिङमा ५ जना मापसे र ४ जना लापसे चालक फेला परेका हुन्। मापसे चालकहरूमा दुई जना सार्वजनिक सवारीका, दुई जना स्कुल बसका र एक जना माइक्रोबसका थिए।
त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने चारजना भाडा बसका चालकहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।