पृथ्वीराजमार्ग पुनः खुल्यो

चितवनमा सुक्खा पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग आइतबार राति खसेको पहिरो पन्छाएपछि अब दुईतर्फी यातायात सेवा सुचारु भएको छ।

इच्छाकामना–३, चुमखोलामा खसेको पहिरो सडक अवरुद्ध बनाएको थियो।

सडक विभागको उपकरण प्रयोग गरेर पहिरो हटाएपछि सडक पुनः खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *