मुस्ताङमा वर्षाका कारण विगत केही दिनदेखि अवरुद्ध भएको कागबेनी–कोरला सडक आजदेखि सञ्चालनमा आएको छ।
करिब १२ किलोमिटर सडकको विभिन्न खण्ड भत्किएर अवरुद्ध भएकोमा स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा मर्मत सम्पन्न गरी सवारीसाधनको लागि खोलिएको हो।
सडकको भाँसिएको भागमा माटो फिलिङ र अस्थायी डाइभर्सन निर्माण गरेर तत्कालका लागि यातायात सुरु गरिएको छ।
सडक खुलेसँगै करिब १०० सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
हाल यो मार्ग हलुका सवारीसाधनका लागि मात्र सुरक्षित रहेको र ठूलो मालबाहक सवारीका लागि अझै समस्या हुने चेतावनी दिइएको छ।
साथै जोमसोम–कागबेनी सडक पनि मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको छ।