Skip to content
चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा पनि आफ्नो अग्रता कायम राखेको छ।
कम्पनीले अक्टोबरमा ७०,२८९ युनिट न्यू एनर्जी भेइकल (एनईभी) बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८४% बढी हो।
विगत ८ महिनादेखि लिपमोटर चिनियाँ एनईभी बजारमा शीर्ष स्थानमा रहेको छ।
अर्को प्रमुख ब्रान्ड हिमाले ६८,२१६ युनिट, एक्सपेङ ४२,०१३ युनिट, निओ ४०,३९७ युनिट, साओमी ४० हजारभन्दा बढी, र दिपल ३६,७९२ युनिट बिक्री गरेको छ।
नेपालमा पनि लिपमोटर प्रिमियम ईभी ब्रान्डको रूपमा उपलब्ध छ र यसको बिक्री वितरण सांग्रिला मोटर्सले गर्दै आएको छ।
कम्पनीले हाल सि१०, टी०३ र बी१० गरी तीन मोडल नेपाली बजारमा ल्याइरहेको छ।
Post Views: 79