महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

महिन्द्राले आफ्नो नयाँ ७ सिट क्षमताको इलेक्ट्रिक एसयूभी ‘एक्सईभी–९ एस’ सार्वजनिक गर्ने तयारी गरेको छ।

नयाँ मोडल आउँदो नोभेम्बर २७ मा बेङलुरुमा हुने ‘स्कृम इलेक्ट्रीक’ कार्यक्रममा सार्वजनिक हुनेछ।

नयाँ एसयूभी महिन्द्राको डेडिकेटेड इलेक्ट्रिक प्लेटफर्म ‘इनग्लो’मा निर्माण भएको छ र परम्परागत एसयूभी डिजाइनमा तयार भएको छ।

यसमा स्लोपी रूफ, ३ वटा १२.३ इन्चको ड्यासबोर्ड स्कृन, इलुमिनेटेड लोगो स्टेरिङ, डिजिटल की, प्यानारोमिक सनरुफ, डुअल जोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट र सेकेण्ड तथा थर्ड रो एसी भेन्ट जस्ता आधुनिक सुविधा राखिएका छन्।

साथै, यसमा १६०० वाटको हर्मन कार्डन प्रिमियम अडियो सिस्टम छ।

ब्याट्री क्षमता ५९ र ७९ किलोवाट आवरको रहेको छ, भने मोटर पावरबारे कम्पनीले अहिलेसम्म खुलासा गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *