सुक्खा पहिरोले बीपी राजमार्ग बन्द

काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेँसीमा खसेको सुक्खा पहिरोका कारण बीपी राजमार्ग दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार काभ्रे खण्डका विभिन्न स्थानमा लेदो र पहिरो पन्छाइए पनि चारसयबेँसीमा माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकोले सवारीसाधन सञ्चालन रोकिएको हो।

स्थानीय अध्यक्ष दिनेश लामाका अनुसार पहिरो रोकिएपछि मात्र सडक खुलाउने तयारी गरिएको छ।

बिहीबारदेखिको अविरल वर्षापछि चौकीडाँडा, डालाबेँसी, नार्के र घुमाउनेलगायत क्षेत्रमा पनि पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको थियो।

गत वर्षको वर्षामा बीपी राजमार्गका केही भाग बगाए पनि यसपटकको वर्षाले त्यस्तो क्षति भने पुर्‍याएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *