लालझाडीमा १३ किमि सडक कालोपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकामा विश्व बैंकको २९ करोड ४६ लाख रुपैयाँ अनुदानमा सडक स्तरोन्नति र कालोपत्रको काम सुरु हुँदैछ।

यो परियोजना प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत अघि बढाइएको हो। गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौं डाँडासम्म १३.६ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार सडक ५ मिटर चौडा कालोपत्र र नालासहित ८–१० मिटर चौडाइको हुनेछ। ठेक्का गत वैशाखमै दिइसकिएको र केही दिनभित्र काम सुरु हुने बताइएको छ।

सडक निर्माण जेठ महिनाभित्र पूरा गर्ने योजना छ। यो सडक बनेपछि जिल्ला सदरमुकाम र बेलौरी–कलुवापुर राजमार्गसम्म पहुँच सहज हुनेछ।

जग्गा समस्या भएका स्थानमा स्थानीयसँग समाधानका लागि छलफल भइरहेको कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *