अवैतनिक महावाणिज्यदूतको निलो प्लेट खारेज

सरकारले अब नेपालमा रहेका विदेशी मुलुकका अवैतनिक महावाणिज्यदूतहरूले प्रयोग गर्दै आएका निलो नम्बर प्लेटका गाडीहरू चलाउन नपाउने निर्णय गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार यो निर्णय अवैध प्रयोग र गुनासो बढेकाले गरिएको हो।

अब ती गाडीहरूलाई निजी नम्बर प्लेटमा परिवर्तन गरिनेछ।

तर, नेपाल वा सम्बन्धित मुलुकको राष्ट्रिय दिवस, राष्ट्र प्रमुख वा परराष्ट्रमन्त्रीको भ्रमणको समयमा भने झन्डा प्रयोग गर्ने अनुमति यथावत् रहनेछ।

हाल नेपालमा ६७ अवैतनिक महावाणिज्यदूतमध्ये ५० जनाले यो सुविधा लिएका छन्।

यसअघि पनि निलो प्लेट दुरुपयोगका घटना भएपछि यो सुविधा रोकिएको थियो, तर पछि पुनः सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *