काठमाडौं-भक्तपुर खण्डमा, असोज १८ मा परेको भारी वर्षाले वासआउट भएर क्षतिग्रस्त भएको बिपी राजमार्गको त्यही स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ।
सडक विभागले नेपालथोक, चौकी डाँडा, दाप्चा पुल, कटुन्जे, चारसय बेसी, पिनथली नार्के, काल ढुंगा लगायत स्थानमा आठ वटा स्काभेटर र दुई वटा ह्वील लोडर प्रयोग गरी काम अघि बढाएको छ।
विभागले सकेसम्म चाँडो राजमार्ग खुलाउने लक्ष्य राखेको छ।
अहिलेका लागि काठमाडौँबाट सिँधुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुरजस्ता जिल्लातर्फ जानेले वैकल्पिक सडक मार्ग प्रयोग गरिरहेका छन्।