पोखरामा नयाँ बीवाईडी डिलरसिप

अटोमोबाइल क्षेत्रमा लामो अनुभव भएका व्यवसायी सिए प्रमेश पराजुली र डिल्लीराज सुवेदी (शिशीर) अब बीवाईडी गाडीको डिलरसिपमार्फत पोखरामा सक्रिय भएका छन्।

उनीहरूले ‘स्वस्तिक इंक प्रालि’ नामक कम्पनीमार्फत बुद्धचोकस्थित शोरुम सञ्चालनमा ल्याएका छन्।

यसअघि आयातकर्ता साइमेक्स इंक प्रालिले उक्त शोरुम आफ्नै स्वामित्वमा सञ्चालन गर्दै आएको थियो।

अब पराजुली र सुवेदीको नेतृत्वमा बीवाईडी गाडी पोखरामा बिक्री हुने र बिक्री पछिको सेवामा विशेष ध्यान दिइने कम्पनीले जनाएको छ।

पोखरामा बनेको यो शोरुम बीवाईडीको नवीनतम कर्पोरेट र भिजुअल आइडेन्टिटीअनुसार पूर्ण रूपमा अपडेट गरिएको छ।

१२ हजार ८ सय ४५ वर्गफुट क्षेत्रफलमा फैलिएको यस शोरुममा ग्राहकले एकै स्थानबाट बिक्री, सर्भिस र स्पेयर पार्ट्स (३एस सुविधा) पाउनेछन्।

आयातकर्ता साइमेक्स इंकले पोखरालाई दीर्घकालीन रणनीतिक बजार मानेको र नयाँ शोरुमले ग्राहकलाई अझ उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरेको छ।

हाल नेपाली बजारमा बीवाईडीका अट्टो ३, अट्टो २, अट्टो १, सिलायन ७, एम६, सिल र डल्फिनजस्ता विद्युतीय गाडी उपलब्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *