पृथ्वी राजमार्ग बस कम्पनीमा नयाँ नेतृत्व

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको हालै सम्पन्न ७औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ सञ्चालक समिति चयन गरेको छ।

यस अधिवेशनमार्फत यातायात व्यवसायी एनकुमार साई कम्पनीको अध्यक्षमा निर्वाचित भएका छन्।

साईसँगै कृष्णप्रसाद पौडेल प्रवन्धक सञ्चालक बनेका छन् भने हेमन्त मल्ल, जयराम शर्मा, मेघनाथ त्रिपाठी, अशोक चौधरी, जसबहादुर गुरुङ, बाबुराम दवाडी, ज्ञानबहादुर केसी, काशी शर्मा र लक्ष्मी पौडेल सञ्चालकमा चयन भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि साईले आफूलाई जिम्मेवारी सुम्पेका सबै व्यवसायीलाई धन्यवाद दिँदै सार्वजनिक यातायातको विकास र व्यवसायी हकहितका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनी यस कम्पनीका संस्थापक अध्यक्षसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *