नाडा–मन्त्रालय भेट सकारात्मक

मिति २०८२ अशोज ९ गते, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेटघाट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ।

बैठकमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे र नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरू उपस्थित थिए।

अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गर्दै यसले उद्योगमा परोक्ष चुनौती थपेको बताए। उनले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने जोड दिनुभयो।

नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरणको लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा पर्याप्त उपकरणको अभाव भएको र यसले घरेलु उद्योगको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमता प्रभावित गरेको जानकारी दिँदै तत्काल परीक्षण सुविधा स्थापना गर्न आग्रह गरियो।

अध्यक्ष चौधरीले लुब्रिकेन्ट र अन्य उद्योगहरूको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको, सीमा क्षेत्रमा अनधिकृत आयात रोक्न कडाइ गर्नुपर्ने, र द्यद्यक्ष्ल् मोटर भेहिकल एग्रीमेन्टका कारण व्यवसायमा पर्ने नकारात्मक प्रभावको मूल्याङ्कन गर्नुपर्ने सुझाव राख्नुभयो।

महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिन्ह पाउन कठिनाइ भएको गुनासो उठाउनुभयो।

साथै, ११ वटा ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग राख्नुभयो।

केन्द्रीय कार्यसमिति सदस्यहरूले क्रसर उद्योग विस्तार, गुणस्तर चिन्ह अनिवार्य लागू गर्न र नेपालमै उत्पादन बढाउन सुझाव राखे।

मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गरिने जानकारी दिनुभयो।

मन्त्री सिन्हाले सरकार र व्यवसायीको सहकार्यमा उद्योग–व्यवसाय सबल बनाउने प्रतिवद्धता व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबैलाई आग्रह गर्नुभयो।

यो भेटघाट अत्यन्त सकारात्मक र फलदायी रह्यो, जसले अटोमोबाइल व्यवसायीहरूलाई आत्मबल दिएको र सरकार–व्यवसायी सहकार्यबाट उद्योग र अर्थतन्त्र सबल बन्ने आशा बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *