भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षतिग्रस्त पर्स्याङ ट्राफिक प्रहरी पोस्ट स्थानीयको सहयोगमा नयाँ स्वरूपमा पुनःनिर्माण गरिएको छ।
समाजसेवी, व्यापारी र उद्योगीहरूको सक्रिय पहलले काम सम्पन्न भएको हो।
फच्छु पाण्डे यु.पी.भी.सी. प्रा.लि. सहित सागर भुसाल, जगतराज शर्मा, नारायण भुसाल, धनराज अधिकारी, विमल श्रेष्ठ, प्रबिन खड्का, सचिव रेज्मी लगायतले आर्थिक तथा भौतिक सहयोग गरेका थिए।
प्रहरी पोस्टका प्रमुख जितबहादुर भर्ति र अन्य प्रहरी टोलीले समेत पुनःनिर्माणमा सक्रिय साथ दिएका थिए।
यस कार्यले स्थानीय यातायात व्यवस्थापन र सुरक्षा सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।