अटो हब थापाथलीका शोरुमहरु जले

काठमाडौंको थापाथलिलाई गाडीका शोरुमहरुको हब मानिन्छ । माइतिघरदेखि थापाथलि चोकसम्म दायाँ र बाँयाँपट्टीका सबैजसो भवनमा गाडीका शोरुमहरु रहेका छन् ।

प्रदर्शनमा उत्रिएका जेनजीहरुले मंगलबार उक्त शोरुमहरुमा आक्रमण गरेका छन् । जसबाट शोरुम र शोरुममा राखिएका गाडीहरु ध्वस्त भएका छन् ।

केही ब्राण्डमा उनीहरु आगजनीसमेत गरेका छन् भने केहीमा तोडफोड गरेका छन् । जसले शोरुममा राखिएका कुनैपनि सवारी सग्ला छैनन् ।

जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरुले निजी सम्पत्तिमा आक्रमण गरेका हुन् ।

देशभरका विभिन्न स्थानमा भएका आन्दोलनको क्रममा अटोमोबाइल व्यवसायीका शोरुमहरु समेत निसानामा परेका छन् ।

जेनजीको आन्दोलनका क्रममा भाद्र २४ गते भएको आन्दोलनको क्रममा जथाभावी शोरुममा क्षति पु¥याइएको हो ।

यसै सन्दर्भमा काठमाडौंको थापाथलीस्थित विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् । सो क्रममा त्यहाँ भएका सवारी साधनमा समेत क्षति पुगेको छ ।

अटो हबको रुपमा परिचित थापाथलीमा रहेका विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् ।

आन्दोलनकारीहरुले सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प, चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको शोरुम आगजनी गरेका छन् ।

यस्तै महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इनकर्पोरेट र हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको शोरुम तोडफोड गरिएको छ। पोखरास्थित नयाँ बजारका शोरुममा समेत क्षति पुगेको छ ।

काठमाडौंको बग्गीखानामा ट्राफिक प्रहरीको पोशाक लुटपाट गरिनुका साथै केही मोटरसाइकल समेत लुटपाट गरिएको छ ।

आन्दोलनका क्रममा देशभरका सरकारी, व्यावसायिक तथा निजी सवारी साधनमा क्षति पुगेको छ ।

यसबाट अर्बौ रुपैयाँ क्षति भएको आँकलन गरिएको छ । अटोमोबाइल व्यवसायीहरुले हाल देशभर भएका सवारी साधन क्षतिको विवरण संकलन भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *