ग्वार्कोमा भीजी सुजुकी शोरूम उद्घाटन

सुजुकी दुई पांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रा.लि. ले काठमाडौंको ग्वार्को चौक, गुणा सिनेमाघर अगाडि नयाँ भीजी सुजुकी शोरूमको भव्य उद्घाटन गरेको छ।

उद्घाटन समारोहमा भीजी अटोमोबाइल्सका महाप्रबन्धक परास जैन प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्व (इनफ्लुएन्सर), भ्लगर र अटोमोबाइल उद्योगका सरोकारवालाहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।

नयाँ शोरूमले ग्राहक र मोटरसाइकल तथा स्कुटर प्रेमीहरूलाई सुजुकीका नवीनतम मोडेलहरू अवलोकन गर्ने अवसर प्रदान गरेको छ।

साथै, उद्घाटन विशेष योजनाअन्तर्गत चयनित मोडेलमा साटासाट (Exchange) गर्दा ५० हजार रुपैयाँसम्मको मूल्यवृद्धि सुविधा उपलब्ध गराइएको छ।

यस शोरूम मार्फत ग्राहकहरूले सुजुकीका उत्पादनमा भरपर्दो सेवा, नवीनतम मोडेल र सुविधाजनक अनुभव एउटै छानामुनि प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *