कावासाकीले आफ्नो लोकप्रिय मोटरसाइकल २०२६ निन्जा ६५० लाई अन्तर्राष्ट्रिय बजारमा केही महत्वपूर्ण अपडेटसहित सार्वजनिक गरेको छ।
यस मोटरसाइकलमा धेरै प्राविधिक र डिजाइनका परिवर्तनहरू गरिएका छन्।
प्रमुख विशेषताहरू र डिजाइन
रङ विकल्प: नयाँ मोडल लाइम ग्रीन र मेटालिक म्याट ह्वाइट टिस्यू सिल्भर एक्स मेटालिक फ्ल्याट स्पार्क ब्ल्याक जस्ता दुई नयाँ रङमा उपलब्ध छ। यसबाहेक, पुरानो मोडलको मेटालिक फ्ल्याट स्पार्क ब्ल्याक/मेटालिक कार्बन ग्रे रङ पनि कायम राखिएको छ।
विन्डस्क्रिन: हावाबाट अझ राम्रो सुरक्षा दिनको लागि विन्डस्क्रिनलाई अझ माथि बनाइएको छ।
सीट: पछाडिको सिटलाई फराकिलो र नरम बनाइएको छ, जसले पछाडिको यात्रुलाई अझ आरामदायी बनाउँछ।
कन्सोल: यसमा कलर्ड टीएफटी कन्सोल जडान गरिएको छ, जसमा नेभिगेसन र भ्वाइस कमान्डको सुविधा पनि रहेको छ।
इन्जिन र प्रदर्शन
मेकानिकल रूपमा भने बाइकमा कुनै परिवर्तन गरिएको छैन।
इन्जिन: यो मोटरसाइकलमा ६४९ सीसीको प्यारालेल-ट्विन, लिक्विड-कुल्ड इन्जिन छ जसले ६७ बिएचपी पावर र ६४ एनएम टर्क उत्पन्न गर्छ।
फ्रेम: यसमा हलुका स्टिल ट्रेल्लिस फ्रेम प्रयोग गरिएको छ र यसको तौल १९६ केजी रहेको छ।