सर्लाहीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

बुधबार मध्यराती लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा तेल बोक्ने को. १ ख ५९३८ नम्वरको खाली ट्याङकरले बा. ८७ प १३७० नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक हरिवन नगरपालिका–४ सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार लालबन्दीबाट नवलपुरतर्फ आउँदै गरेको ट्यांकरले राती विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको  थियो ।

प्रदेशिक अस्पताल मलंगवाका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालक सुनसरीको रामधुनी नगरपालिका–९ घर भएका ३२ वर्षीय अरबिन्द महतोलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *