Skip to content
वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड अवरुद्ध हुँदा ६ दिनदेखि अलपत्र परेका १५ सयभन्दा बढी सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ।
दुई दिनमा १५ सयभन्दा बढी सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले १५ सय सवारीसाधनलाई पास गराएसँगै दाउन्नेमा हल्का सवारीसाधन चल्न दिन थालिएको बताए।
तथापि, साँझ ७ बजेबाट बिहान ५ बजेसम्म भने हल्का सवारीसाधन पनि चल्न प्रतिबन्ध लगाइएको छ।
अहिले दाउन्ने खण्डमा सडक आयोजना र चाइना स्टेट कम्पनीले गिटी बिछ्याउने र रोडर लगाउने काम गरिरहेको छ।
यहाँ १० दिनभित्र पाँच सय टिप गिटी बिछ्याइने योजना भए पनि तीन दिनमा जम्मा ३० टिपर गिटी बिछ्याइएको आयोजनाले जनाएको छ।
Post Views: 271