कोटेश्वरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

कोटेश्वरमा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन् ।

काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर मदन भण्डारी पेप्सी डिपोनजिक सडकमा बा.प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलचालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको हो ।

राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *