‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ।

यो क्याम्पेनले आफ्ना मेहनती ड्राइभरहरुलाई सम्मान गर्न र उनीहरुलाई पुरस्कार जित्न मौका दिन्छ।

सहभागी ड्राइभरहरूले जून १६ देखि २२ सम्म ३५ वटा राइड पूरा गरेर प्लेटिनम स्ट्याटस पाउनुपर्नेछ।

त्यसपछि जून २३ देखि जुलाई १३ सम्म हप्ताअनुसार च्यालेन्जमा भाग लिन सक्नेछन्।

क्याम्पेन तीन हप्तासम्म चल्नेछ र हरेक हप्तामा विजेताहरू घोषणा गरिनेछ।

ग्राण्ड प्राइजमा टाटा एक्सप्रेस–टी इभी कार (क्याब चालकका लागि), टीभीएस रेइडर मोटरसाइकल (बाइक चालकका लागि), साथै स्मार्टफोन, स्मार्टवाच र इयरबड्स पुरस्कार रहेका छन्।

इनड्राइभका अधिकारीहरूले यो क्याम्पेनमार्फत ड्राइभरहरूको कडा मेहनत र समर्पणलाई सम्मान गर्न खोजेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *