नेपालमा नयाँ BMW iX2 इलेक्ट्रिक SAV सार्वजनिक

नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बहुप्रतीक्षित नयाँ BMW iX2 इलेक्ट्रिक SAV सार्वजनिक गरेको छ।

यो नयाँ मोडलले नेपालमा विद्युतीय सवारीको क्षेत्रमा BMW को प्रतिबद्धता, प्रिमियम डिजाइन र प्रविधिमा आधारित दिगो यात्रा सुनिश्चित गर्ने दृष्टिकोणलाई झल्काउँछ।

BMW iX2 eDrive20 ले १५० kW (२०४ hp) पावर उत्पादन गर्छ, जसले ० देखि १०० किमी/घण्टा गति ८.६ सेकेन्डमा पूरा गर्न सक्छ।

अधिकतम गति १७० किमी/घण्टा रहेको यस गाडीको दायरा ४३० देखि ४७५ किलोमिटर (WLTP अनुमान अनुसार) रहेको छ।

यो पाँचौं पुस्ताको BMW eDrive प्रविधियुक्त SAV हो जसले ६६.५ kWh क्षमताको हाई-भोल्टेज ब्याट्री प्रयोग गर्छ।

यसले उच्च दक्षता, न्यून उर्जा खपत (१५.४ – १७.२ kWh/१०० किमी) र शून्य उत्सर्जन सुनिश्चित गर्छ।

BMW iX2 मा Combined Charging Unit को माध्यमबाट ११ kW AC चार्जिङ र १३० kW DC फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।

साथै, ‘थर्मल प्रि-कन्डिसनिङ’ र ‘एडभान्स्ड चार्जिङ सफ्टवेयर’ले चार्जिङ स्पीड र ब्याट्री आयु बढाउँछ।

BMW iX2 को इन्टेरियरमा Vernasca लेदर सिट, पानारामिक ग्लास रूफ, २-जोन अटोमेटिक AC, र १२-स्पिकर Harman Kardon साउन्ड सिस्टम जस्ता सुविधाहरू समावेश छन्।

यस गाडीमा डायनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड, इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक, एयरब्यागहरू, र ड्राइभर-असिस्ट प्याकेज जस्ता विशेष सुरक्षा प्रविधिहरू रहेका छन् जसले सुरक्षित र तनावमुक्त यात्रा सुनिश्चित गर्छ।

लक्ष्मी प्रिमियम मोटर्सले तीनकुनेस्थित आफ्नो अत्याधुनिक शो-रूमबाट BMW का अन्य मोडलहरू जस्तै X1, X2, X3, X4, X7, iX1, iX3, 5 Series Plug-in Hybrid, X5 Plug-in Hybrid, र 7 Series उपलब्ध गराइरहेको छ।

नयाँ BMW iX2 को सार्वजनिकतासँगै, BMW ले नेपालमा प्रिमियम इलेक्ट्रिक सवारी साधनको भविष्यलाई अझ मजबुत बनाउँदैछ ।

जहाँ डिजाइन, प्रविधि, र वातावरणीय जिम्मेवारी एकसाथ अगाडि बढ्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *