वैशाखमा ४ हजार ५ सय सवारी साधन दुर्घटना

२०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।

वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *