सैनिक दाबीले अत्तरिया बसपार्क संकटमा

सुदूरपश्चिमको प्रमुख यातायात केन्द्र अत्तरिया बसपार्क अहिले विवादमा परेको छ।

स्थानीय अगुवाहरूले निर्माण गरेको यो बसपार्कमा हाल नेपाली सेनाले आफ्नो स्वामित्व दाबी गर्दै आएको छ, जसले स्तरोन्नतिको प्रयासमा अवरोध पुर्‍याएको छ।

२०६८ सालमा प्रमोद खरेलको पहलमा स्थानीय समाजसेवीहरूको सहयोगमा अत्तरिया बसपार्क निर्माण गरिएको थियो।

त्यतिबेला गहिरो खाल्डोलाई पुरी बसपार्क बनाइएको थियो, जसमा वन कार्यालयले पनि आपत्ति जनाएन। तर हाल सेनाले उक्त जमिन संकटकालमा आफ्नो भोगाधिकारमा रहेको भन्दै दाबी गर्दै आएको छ।

बसपार्क निर्माण समितिका अध्यक्ष गोकर्ण भट्टका अनुसार, सेनासँग लालपुर्जा नभएको र शाहीकालमा गरिएका निर्णयहरू मन्त्रिपरिषद्ले अमान्य गरिसकेको अवस्थामा सेनाको दाबी अनुचित छ।

उनले सेनाले आफ्नो दाबी छोड्नुपर्ने र स्थानीय, प्रदेश तथा संघ सरकारले बसपार्कको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका छन्।

हाल बसपार्कको अवस्था दयनीय रहेको र आवश्यक पूर्वाधारको अभावमा यात्रुहरू समस्यामा परेका छन्

स्थानीय तहले पनि यस विषयमा चासो नदेखाएको भन्दै भट्टले आलोचना गरेका छन्।

सम्बन्धित निकायहरूले शीघ्र कदम चालेर अत्तरिया बसपार्कको समस्या समाधान गर्नुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *