सडकमा धराप कहिलेसम्म

गएराति पानीपाेखरी-लाजिम्पाट सडक खण्डकाे ओरालोमा रहेको, यो खाल्डोका कारण गम्भीर सवारी दर्घटना भयो।

घाइते विक्रम रत्नका अनुसार, म र मेरो सहकर्मी साथी पानीपाेखरी-लाजिम्पाट सडक खण्डकाे ओरालोमा रहेको यो खाल्डोका कारण दुर्घटनामा परेका हाैँ ।

राति ८:१५ मा कार्यालयबाट निस्किने क्रममा सिमसिम पानी परिरहेको थियो तर पानी पाेखरीबाट लाजिम्पाटतर्फ ओरालो झर्दै गर्दा बिच सडकमा माथितिर बाट आउँदा नदेखिने गरि अवस्थामा यो खाल्डो रहेछ र दुर्घटना निम्तियाे ।

कहालिलाग्दो दुर्घटना तर क्षति कम, सामान्य बाहिरी/भित्री चाेटपटक लागेको छ । हिडडुल र काम गर्न सकिने नै अवस्था छ ।

मानिसको जीवन एक निमेषमै के-के हुनसक्छ भनेर हिजो गहिरो अनुभुती भयो ।

जे होस् जीवन बाँचेको छ र पुनर्जीवन पाएकाे जस्तो लागिरहेको छ ।

हामी त्यहाँ रहँदै गर्दापनि हाम्रो आँखै अगाडि सेकेन्ड सेकेन्डमा अरु धेरै सवारी साधनहरु दुर्घटना उन्मुख भए ।

नजिकै रहेको मुक्तिनाथ विकास बैंकका सुरक्षा गार्ड जसले हामीलाई दुर्घटनापश्चात् सहयोग गर्नुभयो, उहाँका अनुसार त्यहाँ धेरै दुर्घटना भइरहेको छ ।

केहीलाई त अस्पताल भर्ना नै गर्नुपरेको छ । मिनेट मिनेटमा त्यहाँ दुर्घटना भइरहेको छ ।

यो धराप कहिलेसम्म रहिरहने होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *