विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला, काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा नयाँ इलेक्ट्रिक स्कूटर शोरूम एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।
यो शोरूम जीरो इमिसन राइड एन को १४औं अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी इकुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कूटरहरू उपलब्ध गराउनेछ।
कार्यक्रमको प्रमुख अतिथि राइडर्स युनियन नेपाल का अध्यक्ष श्री माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गर्नुभयो।
उहाँले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्धनात्मक पहलको प्रशंसा गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। जीरो इमिसन राइड एन का प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेड की शाखा प्रबन्धक श्रीमती रञ्जना पन्नाचन, तथा अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरू सहभागी थिए।
उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे।
शोरूममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा र टेस्ट राइडको व्यवस्था गरिएको छ।
यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कूटरहरू डिजिटल डिस्प्ले, की–लेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन्।
लुयान ६ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कूटर ब्रान्ड हो, जसले ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको छ।