आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ सुरू भएको छ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको ग्राण्ड कार्निभलमा उत्कृष्ट भ्यालुएसन तथा सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ।
कार्निभलमा २० भन्दा धेरै भ्यालुएसन कम्पनीहरू सहभागी छन्।
ग्राहकले कुनै पनि ब्राण्डको पूरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएसनमा आफ्नो पूरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन्।
ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताको भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन्।
कम्पनीले चलाई रहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध छ। आजदेखि सुरु भएको कार्निभल आउँदो असोज ११ गतेसम्म चल्नेछ।