वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।

‎‎रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले बुढालाई ठक्कर दिएको थियो ।

‎‎घाइते भएका बुढोको उपचारका क्रममा मृत्यु भएको विश्वकर्माले बताए। ‎अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *