लाइसेन्स छापिएको सूचना आएपछि मात्र लिन जानू

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स) छपाइ भएको सूचना पाएपछि मात्रै सम्बन्धित यातायात कार्यालयबाट सवारी लाइसेन्स लिन आग्रह गरेको छ ।

यातायात व्यवस्था विभागले यथाशीघ्र लाइसेन्स छाप्दै आएको र जसको जानकारी विभागको वेबसाइट, फेसबुक पेज र सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण व्यक्तिको मोबाइलमा एसएमएसमार्फत दिँदै आएको जनाएको छ ।

 यस्तै सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले उक्त परीक्षा उत्तीर्ण गरिसकेपछि सोको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणाली आबद्धता गर्दै आएको विभागले जनाएको छ ।

‘यातायात व्यवस्था विभागवाट सवारी चालक अनुमति पत्रको छपाइ भएपछि सोको जानकारी विभागको वेबसाइट, विभागको फेसबुक पेज “हेलो यातायात व्यवस्था विभाग तथा सम्बन्धित सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण व्यक्तिको मोबाइलमा एसएमएस पठाउने व्यवस्थामार्फत जानकारी गराउने व्यवस्था गरिएको छ,’विभागले सूचनामा भनेको छ,‘अतः माथि उल्लिखित माध्यमहरूमा सूचना तथा जानकारी प्राप्त भएपछि मात्र सम्बन्धित यातायात कार्यालयमा आआफ्नो सवारी चालक अनुमति पत्र लिन गइदिन हुन सम्पूर्ण सरोकाराला व्यक्ति, संघ, संस्था तथा निकायहरूलाई सादर अनुरोधसहित सूचित गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *