Skip to content
ईभीतिर बढ्दो गति: विद्युतीय सवारीसाधन (ईभी) आयात समेत आकासिएको छ । कारतर्फ पाँच महिनामा ४ हजार ९ सय ९७ युनिट भित्रिएको छ ।
कात्तिकसम्म ३ हजार ४ सय ८७ युनिट ईभी भित्रिएकोमा मंसिरसम्म आइपुग्दा यो संख्या झन्डै ५ हजार नजिक पुगेको हो ।
मंसिरसम्म ५० किलोवाटसम्म क्षमताका १ हजार ४ सय ९० युनिट ईभी गाडी भित्रिएको छ ।
यी गाडी आयातमा २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ विदेशिएको छ ।
त्यस्तै ५१ बाट १ सय किलोवाटसम्मको क्षमताका २ हजार ७ सय ५७ युनिट ईभी भित्रिएको भन्सार विभागले जनाएको छ ।
यसका लागि ६ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ विदेशिएको छ ।
१०१ देखि २ सय किलोवाटसम्म क्षमताका ४ सय ४३ युनिट ईभी भित्रिएको छ ।
यसमा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ विदेशिएको तथ्यांकमा देखिन्छ ।
त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्मका ५ युनिट ईभी आएको छ । जसको मूल्य ३ करोड २३ लाख रुपैयाँ रहेको देखिन्छ ।
३ सय किलोवाटभन्दा माथि २ युनिट ईभी आएको छ । जसको मूल्य ८३ लाख २३ हजार रुपैयाँ रहेको भन्सार विगागले जनाएको छ ।
Post Views: 260