पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो: नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

निगमको बैठकले राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ। डिजेल र मट्टीतेलको मूल्यमा भने प्रतिलिटर २ रुपैयाँ घटाइएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको पहिलो वर्गको मूल्य १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६१ रुपैयाँ र तेस्रो वर्गको १६२ रुपैयाँ तोकिएको छ।

डिजेल र मट्टीतेलको मूल्य भने पहिलो वर्गको १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १५० रुपैयाँ र तेस्रो वर्गको १५१ रुपैयाँ भएको छ।

निगमले १५ किलोमिटरसम्मका स्थानहरूका लागि नयाँ मूल्य लागू गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यको आधारमा पेट्रोलको मूल्य २ रुपैयाँ २८ पैसा बढेको र डिजेलको मूल्य १ रुपैयाँ ४८ पैसा घटेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *