बुटवलमा जीप दुर्घटना: बुटवलको तिनाउ पुल नजिक बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
लु२च २४८० नम्बरको जीपले बिरामीलाई अस्पताल लैजाँदै गर्दा पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। मृतकहरूमा ७१ वर्षीय तिलकराम खनाल, उनकी ६७ वर्षीया श्रीमती गौरी, र ३२ वर्षीय चालक हरि न्यौपाने रहेका छन्।
गौरीलाई दम बढेपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।