सिप्रदी र BOSCH बीच सम्झौता

सिप्रदी र BOSCH बीच सम्झौता: एक विशेष समारोह बिच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र BOSCH लिमिटेड बीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका BOSCH एफ. आई. पिहरुको मर्मत तथा संभार सम्बन्धि सेवाको लागि सम्झौतापत्रमा हस्ताक्षर भयो।

उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत संभार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ।

त्यस अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का उपाध्यक्ष श्री सौरभराज थपलियाले, “यस सम्झौताले टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई एफ. आई. पि मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा BOSCH को विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बनाउने विश्वास व्यक्त गर्नु भयो”।

त्यसै गरी BOSCH इन्डियाका नेपाल प्रतिनिधि श्री सन्दिप कामतले यस सहकार्यको महत्वलाई उजागर गर्दै भन्नुभयो, “सिफारिस नगरिएका तथा नन-जेन्युइन पार्ट्सको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आएका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ।

अब १००% BOSCH का जेन्युइन पार्ट्सको प्रयोग गरी निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्”।

यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ। एफ.आई.पि मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुका साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनीले जेन्युइन पार्ट्समा ६ महिना सम्मको वारेन्टी सुविधा प्रदान गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *