सबै स्कुटरहरु पाइने इभी मार्ट खुल्यो: ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ ।
श्री अटो इन्कर्पोरेटले बजारमा पाइने, राम्रो सर्भिसहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो, छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं ।
यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नेछ ।

शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए ।
ललितपुरमा ईभी स्कुटरहरुको ग्राहकहरु निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधन विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले बताउनुभयो ।
शोरुम खुलेको अवसरमा हामीले १ हप्ताको लागि “S -WAY PRO” मोडलमा रु. १५,००० बराबरको स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताउनुभयो ।
Visit homepage : eautonepal.com