बस अनियन्त्रित भई कयौँ सवारीसाधनलाई ठक्कर दियो

बस अनियन्त्रित भई कयौँ सवारीसाधनलाई ठक्कर दियो: भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएको बताइएको छ ।

दुर्घटनाबारे जोन ५ का डीसीपी गणेश गावडेले भने, ‘कुर्लामा बेस्ट बस नियन्त्रण बाहिर गएको थियो । बसले केही सवारीलाई ठक्कर दिएको छ। २५ जना घाइते छन् भने चार जनाको मृत्यु भएको छ।’

उनले भने, ‘सबै घाइतेको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँबाट बेस्टले बस हटाइसकेको छ। अब बसको आरटीओले निरीक्षण गर्नेछ।’

यस घटनामा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी गावडेले भने, ’थप अनुसन्धान भइरहेको छ। यो दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।’

समाचार एजेन्सी एएनआईका अनुसार यो बस कुर्लाबाट अंधेरीतर्फ गइरहेको थियो । सो क्रममा बस अनियन्त्रित भई धेरै सवारी साधनलाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *