कावासोतीमा अटो दुर्घटना

कावासोतीमा अटो दुर्घटना: नवलपुरको कावासोतीमा अटो दुर्घटना हुँदा अटोचालक अशोककुमार श्रेष्ठको निधन भएको छ ।

आज नवलपुरको कावासोती नगरपालिका– २ बेलचोकस्थित बलबहादुर लुंगेलीको घरमा पार्किङ गरेर राखेको ना.३ स १९७ नम्बरको (सामान बोक्ने) अटो स्टार्ट गर्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा अटो घरको भित्तामा ठोक्किन पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अटोचालक अर्घाखाँची जिल्ला घर भई कावासोती– २ निवासी २८ वर्षीय अशोककुमार श्रेष्ठको निधन भएको हो ।

अटो दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *