होप फाउन्डेसनको ५ कि.मी यात्रा दौड प्रतियोगिता

मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२, २०८१ गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ |

यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउनेर स्वस्थ जीवनशैली प्रोत्साहन गर्नेरहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाउनु भएको छ |

उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेताहरुले ५० हजार बराबरको नगद पुरस्कार पनि प्राप्त गर्नेछन् |

काठमाडौँमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागु पदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उधेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु  देशैभरि गर्ने पर्नेमा जोड दिनु भयो |

समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्नपर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिनुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *