गोगोरोको इको सिस्टमको केन्द्र बिन्दुमा रहेको एउटा खुला र अन्तर सञ्चालित ब्याट्री स्वापिङ प्लेटफर्मका लागि यस वर्षको सुरुवातमा गाइड हाउस इन साइट्सले विश्वमा हल्का शहरी सवारी साधनहरूको ब्याट्री स्व्यापिङ गर्ने अग्रणी कम्पनीको रूपमा यसलाई मान्यता प्रदान गरेको थियो।
गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो, जुन स्मार्ट अनि सुरक्षितछ र यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।
ताइवानमा गोगोरो नेटवर्कले छ लाख भन्दा बढी राइडरहरूलाई सेवा दिएको छ र यसका पच्चीस शय स्थानहरूमा उपलब्ध १२,००० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् चौध लाखभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्।
हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको ९०% भन्दा बढी बजार हिस्सा छ भने Go Stations को संख्या पेट्रोल स्टेशनहरू भन्दा बढी छ ।
चार लाखभन्दा बढी दैनिक ब्याट्री स्वापर ५७ करोडभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि ८,७०,७५० टनभन्दा बढी कार्बन डाईअक्साइड उत्सर्जन हुनबाट बचाएको छ।
ब्याट्री स्वापिङ एक इनोभेटिभ तरिका हो, जसमा फुलचार्ज भएको ब्याट्रीलाई द्रुत रूपमा प्रतिस्थापन गरिन्छ।
यसले प्रयोगकर्तालाई आफ्नो सवारी-साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ ।
ब्याट्री स्वापिङ प्रविधिले व्यापक स्तरमा ईभी अपनाउनका लागि हाल विद्यमान चुनौतीहरूलाई समाधान गर्छ र सुरक्षित, दिगो अनि मापन योग्य तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूलाई सम्बोधन गर्न मद्दत गर्छ ।
गोगोरोको ब्याट्री स्वापिङले नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारी-साधन अपनाउने कुरासँग सम्बन्धित धेरै चिन्ताहरूलाई सम्बोधन गर्दछ:
स्वामित्वको कुल लागतमा कमी
ब्याट्री स्वामित्व र प्रतिस्थापन लागत सम्बन्धी सरोकारहरूलाई
ब्याट्री स्वापिङ भनेको सवारीसाधन रिफ्युल गर्ने सबैभन्दा छिटो (ICE सवारी साधनभन्दा पनि छिटो) तरिका भएकाले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ।
चार्जिङको समय घटाउँछ – केहि सेकेन्डमै स्वाप गर्न सकिने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन ।