Skip to content
नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले करिब एक महिनाअघि सार्वजनिक गरेको दिपल एस०७ पछिल्लो समय निकैं चर्चित मोडेल बनेको छ ।
अत्याधुनिक प्रविधि, सुरक्षा फिचर र किफायती मूल्यको कारण दिपलको लोकप्रियता नेपालमा एक्कासी बढेको हो ।

दिपलले लक्जरीमा नयाँ मापदण्ड स्थापित गरेको छ । अहिले धमाधम बुकिङ र डेलिभरी दिइरहेको छ ।
यसमा वेलकमिङ सिट छ जसले प्यासेन्जर गाडीभित्र पस्ने बेला वेलकम गर्छ । यो फिचर पनि पहिलो पटक नेपालमा आएको हो ।
जेस्चर कन्ट्रोलको माध्यमबाट हातको संकेतका माध्यमबाट गाडीलाई अर्डर दिन सकिन्छ ।
त्यसैगरी, हेडरेस्ट र आउटडोर स्पिकरसहितको १४ वटा स्पिकर छन् । टेस्लामा पनि आउटडोर र हेडरेस्ट स्पिकर पाइन्छ ।
साथै, थ्रीडी नेभिगेसन भएको एआर एचयुडी समेत यसमा रहेको छ जुन अरु कुनै ईभीमा छैन ।

यसका अलावा यसमा फ्रेमलेस डोर र फ्लस ह्यान्डल छन् जसले गाडीको आकर्षणलाई बढाएको मात्र छैन पर्फमेन्सलाई पनि बढाएको छ ।
दिपल एस०७ मा रियर ह्विल ड्राइभ छ जुन यो प्राइस प्वाइन्टमा अरु कुनै ईभीसँग छैन ।
रियर ह्विल ड्राइभले ईभीमा बराबर वजन विभाजन गरिदिन्छ जसले गर्दा ट्रयाक्सन र ह्यान्डलिङ राम्रो हुन्छ र गाडीको स्टेबिलिटी पनि बढाउँछ ।
Post Views: 388