स्कुटर र मोटरसाइकलको खरिदमा ३० हजार नगद छुट

 भी मोटो र सुपर सोको इलेक्ट्रिक बाइकले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर बैशाख ३१ सम्म लागु हुने जनाइएको छ ।

भी मोटो इलेक्ट्रिक स्कुटर र सुपर सोको इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक डी–लाईफ स्टायल्सले स्कुटर र मोटरसाइकलको खरिदमा ३० हजार नगद छुटको साथै एक्सचेन्जमा १५ हजार बोनस र ३ हजार रुपैयाँ बरावरको गिफ्ट भौचर प्रदान गर्ने भएको हो ।

साथै, ग्राहकले १ आर्थिक वर्षको रोड ट्याक्स, २ वर्षको सर्भिसिङ र एउटा आकर्षक हेल्मेट निशुल्क पाउनेछन् ।

ब्याट्रीमा यसअघि ३ वर्षको वारेन्टि दिँदै आएकोमा यसलाई बढाएर ४ वर्ष पुर्याइएको कम्पनीले बताएको छ ।

काठमाडौं उपत्यकामा गैह्रिधारा र ग्वार्को तथा वुटवल, इटहरी र इनरवास्थित सोरुमबाट ग्राहकले अफरको फाइदा लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *