लुयान विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले एक्सचेन्ज अफर सँचालन गरेको छ ।
यहि फागुन १० गते विहिबारदेखि लागुहुने गरी लुयान एक्सचेन्ज अफर सँचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
लुयानका कुनै पनि मोडेलका विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सँचालन गरिएको बताइएको छ ।
नयाँ र विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने कम्पनीले विश्वास लिएको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
विज्ञप्ति अनुसार अहिले बजारमा देखिएको आर्थिक विषमताले गर्दा पुराना बाइक वा स्कुटर खरिदमा आएको कटौतीको बारेमा त सबैलाई अवगत नै छ ।
जसको कारणले पुराना सवारीसाधनको मुल्याँकनमा आएको गिरावटलाई ध्यानमा राख्दै कम्पनीले यस अफर मार्फत थप १५ हजार रुपैंयासम्म अतिरिक्त मुल्यांकन गरिने बताएको छ ।
जसको कारणले पुरानो सवारी साधनमा ग्राहकले आफुले आशा गरे अनुरुपको मुल्य पाउने सम्भावना रहनेछ ।
यसका अलावा नयाँ लुयान स्कुटर खरिद गर्ने ग्राहकका लागि सधैं झैं चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निः शुल्क दिने समेत कम्पनीले जनाएको छ ।
यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।
विश्व बजारमा जस्तै नेपालमा पनि हालका दिनहरुमा सवारी प्रयोगकर्ताहरु विद्युतीय सवारीसाधनको प्रयोगमा निक्कै अघि बढिसकेको अवस्था छ ।
वातावरणीय सन्तुलन र खर्चको हिसाबले पनि सबैको लागि विद्युतीय सवारीसाधनहरु फाइदाजनक नै छ ।
यसै शिलशिलामा विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छ ।
राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ ।
जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।
यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ ।
टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ३० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।
लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले महसुस गरेको बताएको छ ।