वीरगञ्जमा मोटरसाइकलको लाइसेन्स लिने बढे

श्रम तथा यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सवारी नामसारी, सवारी नवीकरण, सवारीचालक अनुमतीपत्र नवीकरण लगायतका काम छिटोछरितो रूपमा हुन थालेको उनले जानकारी दिए ।

अहिले नयाँ लाइसेन्स लिने सेवाग्राहीको संख्या वीरगञ्ज कार्यालयमा बढी रहेको पाइएको उनले जानकारी दिए ।

लाइसेन्स सेवा पनि अनलाइनमार्फत सञ्चालन भएपछि सेवाग्राहीको भिडभाड कार्यालयमा कम भएको उनले बताए ।

कार्यालयबाट प्रदान हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा मध्ये सबभन्दा बढी मोटरसाइकलको लाइसेन्सका लागि आवेदन पर्ने गरेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका राजस्व शाखाका लेखापाल रघुनन्दन साहले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि अहिलेसम्मको अवधिमा ६ हजार ६ सय ७ वटा मोटरसाइकलको लाइसेन्स जारी भएको उनले जानकारी दिए ।

यो अवधिमा ६ हजार १ सय ८० जनाले मोटरसाइकलकै लाइसेन्सको लागि नयाँ आवेदन दिएको उनले बताए ।

लाइसेन्स नबोकी सवारी चलाउँदा ट्राफिक प्रहरीले चर्को जरिवाना काट्न थालेपछि कार्यालयमा लाइसेन्स लिन आवेदन दिने सेवाग्राहीको संख्या बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *