काठमाडौंमा सडक पेटी बिगार्दा १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ ।

वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्‍याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘सडकपेटी पैदल यात्रुहरुको लागि हो, यसमा कुनैपनि किसिमको अवरोध, अड्चन गर्न पाइँदैन ।

त्यस्तो थाहा पाएमा महानगरपालिकाले कारबाही गर्छ ।

महानगर प्रहरी नियमित अनुगमन मै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *