बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी

काठमाडौं । ललितपुरको बालकुमारीका एक सरकारी गाडीमा आगजनी गरिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ ।

उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको बताइएको छ ।

गाडीमा आगो लगाएको खबरपछि प्रहरी टोली पनि त्यहाँ पुगेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।

युवाहरूले सडक पनि अबरुद्ध पारेका छन् ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *