बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड

बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ ।

यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।

उक्त प्रतिस्पर्धामा डल्फीनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन सफल भएको हो ।

उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो ।

त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् ।

उनिहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए ।

त्यसमा सुरक्षीत र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *