करण चौधरीलाई नाडाको भावी अध्यक्ष बनाउने सहमति

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी अध्यक्षमा करण चौधरी चुनिने भएका छन् ।

चौधरीका प्रतिस्पर्धी आकाश गोल्छा र प्रकाश कपुरीले चौधरीलाई समर्थन गरेसँगै उनी सर्वसम्मत हुने पक्का भएको हो ।

आज साँझ बसेको बैठकले सहमतिमा चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेको हो ।

यो सँगै नाडाका अध्यक्ष डा. धुर्व थापाले आज निकै ऐतिहासिक सहमति भएको बताए ।

चौधरीले आगामी कार्यकालमा आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति भएको स्रोतको भनाइ छ ।

 यस्तै अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरीलाई यही कार्यसमितिमा सहभागी गराउने सहमति जुटेको छ ।

नाडाको ४७औँ वार्षिक साधारणसभा पुस २० र २१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *