निसानको नयाँ ‘एक्स ट्रेल’ सार्वजनिक

नेपालमा निसानको नयाँ ‘एक्स ट्रेल’ सार्वजनिक भएको छ । नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चौथो जेनेरेसनको नयाँ ‘एक्स ट्रेल’ ल्याएको हो ।

सन् २००१ मा ‘एक्स ट्रेल’को उदयपछि विश्वभर सात मिलियनभन्दा बढी ‘एक्स ट्रेल’ गाडी बिक्री भएका छन् ।

‘एक्स ट्रेल’ विश्वकै एक अधिक लोकप्रिय परिवारलक्षित एड्भेन्चर सवारीसाधन भएको कम्पनीको दाबी छ ।

एक करोड ८७ लाखको प्रारम्भिक मूल्यमा सुरु भएको, ‘एक्स ट्रेल’ले नवीनतम मोबिलिटी सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्तरूप दिने कम्पनीले जनाएको छ ।

यसले ग्राहकलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षालगायत उच्चस्तरको सुविधा दिने कम्पनीको दाबी छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले नेपालमा नयाँ ‘एक्स ट्रेल’ इ–पावर, पेट्रोल इन्जिनको ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने बताए ।

‘यो गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ । एक्स ट्रेल’ इ–पावर ठूलो, आरामदायी र बहुपयोगी एसयुभी चाहने ग्राहकका लागि उत्कृष्ट छनोट हुनुका साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारीसाधन पनि हो,’ उनले भने, ‘एक्स ट्रेल’ इ–पावर नवीनतम मोबिलिटी सोलुसनमार्फत मानिसको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो ।’

निसानका सिबियु निर्यात तथा दक्षिण एसिया व्यापार प्रमुख रघुनाथ नैरले निसानको इ–पावर टेक्नोलोजीलाई ग्राहकले विश्वभर नै स्वागत गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *